२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

संस्थाको बाइसाैं वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित भएसँगै १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो।

कम्पनी सचिव अनिल जोशीले सभामा अध्यक्षको प्रस्ताव सभामा पारित गर्न प्रस्तुत गरेका थिए।

लघुवित्तले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाखको १४ दशमलव २५ प्रतिशतले हुने ४७ करोड ४७ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०/७५ प्रतिशतले हुने नगद लाभांश २ करोड ४९ लाख गरी जम्मा चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम ४९ करोड ९७ लाख रुपैयाँ वितरणका लागि गरिएको प्रस्ताव प्रस्तुत गरेको थियो।

सचिव जोशीले बोनस शेयर पारित भएसँगै लघुवित्तको कुल चुक्ता शेयर रकम ३ अर्ब ८० करोड रुपैयाँ पुगेको बताए।

त्यस्तै संस्थाको बाइसाैं वार्षिक साधारणले नयाँ सञ्चालकमा ६ जना निर्वाचित गरेको छ। नयाँ सञ्चालकहरूमा खेमबहादुर पाठक, डा.बाबुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भीमप्रसाद पन्त संस्थाको नयाँ सञ्चालक समितिमा निर्वाचित भएका हुन्।

प्रकाशित: १ माघ २०८० ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App