२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

को हुन् जानकी मन्दिरका असली महन्त?

भारत सरकारले अयोध्यास्थित राम मन्दिर उद्घाटन समारोहमा सहभागी हुन दुई जना महन्तलाई पठाएका निमन्त्रणा पत्र (तस्बिरको दायाँ र बायाँ)। तस्बिरको दायाँ छोटा महन्त रामरोशन दास र बायाँ तर्फ अहिलेको मुख्य महन्त राम तपेश्वर दास वैष्णव । बीचमा रामजानकी मन्दिरको फाइल

भारतको अयोध्यामा निर्माणधिन राम मन्दिरको उद्घाटन समारोहमा जानकी मन्दिरको दुईजना महन्तको नाममा निमन्त्रणा आएको छ। एउटै मन्दिरमा दुईजना महन्तको नाममा राम मन्दिरको उद्घाटन समारोहकाे निमन्त्रणा आएपछि असली महन्तकाे विवाद चर्कीएकाे छ। यसले असली महन्त काे हुन? भन्ने प्रश्न पनि उब्जाएकाे छ।

श्री राम जन्मभूमि तीर्थ क्षेत्रको नामबाट आएको निमन्त्रण पत्रमा जानकी मन्दिरका मुख्य महन्त राम तपेश्वर दास वैष्णव र मन्दिरका हालका छोटा महन्त रामरोशन दासको नाममा निमन्त्रण पत्रले चर्चा पाउन थालेको छ।  

मन्दिरका छोटे महन्त रामरोशन दासले आफ्नो सामाजीक सञ्जाल फेसबुकमा गत २२ डिसेम्बरमा सार्वजनिक गरेको उक्त निमन्त्रण पत्रमा एउटै मन्दिर तर महन्त दुईजनाको नाममा पत्र आएको देखिन्छ।  

आगामी २२ जनवरीमा अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहको आयोजन गरिनेछ। राम मन्दिरको उद्घाटन समारोहमा भगवान रामको ससुरालीबाट कोसेली पठाउने नपठाउने विषयमा मन्दिरका दुई महन्तबीच विवाद चुलिएको थियो। अहिले भने सिताको जन्मभूमिबाट कोसेली पठाउने तयारी भइरहेको र विवाद साम्य भएको छ।  

मन्दिरको महन्त को भन्ने विषयमा पछिल्लो समय जानकी मन्दिरमा बहस हुने क्रम पनि बढेको छ। मन्दिरका हालका मुख्य महन्त वैष्णवले दासलाई उत्तराधिकारी नदिने बताइरहेका छन्। तर, दासले भने आफू नै वैष्णव पछिको वरिष्ठ रहेकाले अबको महन्त आफू हुनुपर्ने दावी गर्दै आएका छन्।  

प्रकाशित: १३ पुस २०८० ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App