१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

क्रिसमस उपहार बेच्दै युवा

यस्ताे पनि!

क्रिसमसमा पाएका उपहारहरू केहीका लागि मूल्यवान् होलान् केहीले भने यसलाई पैसा कमाउने अवसरका रूपमा समेत लिने गरेको अध्ययनले देखाएको छ। अध्ययनमा ६ जनामध्ये एकजनाले यस्ता उपहारहरू अनलाइनमा बेचेर उद्यम गरिरहेको देखिएको छ। धेरैले चाहिँ, नचाहेको उपहारलाई तह लगाउने यो उत्तम उपाय भएको समेत बताएका छन्।

बार्कले नामक संस्थाले यस्ता उपयोग नहुने क्रिसमस उपहारहरू पुनः बिक्रीका लागि राख्ने गर्छ। बिक्रीमा राख्न चाहनेहरूमध्ये १८ देखि ३४ वर्ष उमेरसमूहमध्ये २९ प्रतिशत (१० जनामध्ये तीन) ले आफू बेच्न इच्छुक रहेको बताएका छन्।

बेच्न राखिने अधिकांश वस्तुहरूमध्ये अनिच्छित लुगा, जुत्ता, अन्य सरसामग्रीहरू, बालबालिकाका खेलौना, गेमहरू तथा सौन्दर्यप्रसाधनहरू रहेको बार्कलेले जनाएको छ।

गएको नोभेम्बरमा गरिएको सर्भेमा एक व्यक्तिले क्रिसमसका लागि २५३ पाउण्ड बढी खर्च गर्ने इच्छा राखेको देखिएको थियो। यो भनेको अघिल्लो वर्षको तुलनामा २४ पाउण्ड बढी हो।

यस्तै पर्वका बेला ३० प्रतिशत सर्वसाधारणले योजनाबद्ध तरिकाले किनमेल गर्ने र त्यसका लागि सेकेन्डह्यान्ड वेबसाइट र पसल चहार्ने गरेको बताएका छन्। गत वर्षको क्रिसमस लगत्तै गरिएको एउटा सर्भेमा उपहार पाएकाहरूमध्ये अधिकांशले आफ्नो उपहारलाई बेचेको पाइएको थियो।

योडेल नामक संस्थाको सर्भेले के देखाएको थियो भने यसरी उपहार बेच्नुको मूल कारणमा २७ प्रतिशतले बढ्दो खर्च व्यवस्थापनको कुरा उठाएका थिए भने, २४ प्रतिशतले आफ्नो रुचिको उपहार नपाएकाले बेचिरहेका थिए। त्यस्तै २२ प्रतिशतले उपहार साट्न बेचिरहेका थिए।

१८ प्रतिशतले भने आफूले चाहेको उपहार नपाएपछि बेच्न खोजेको बताइरहेका थिए किनभने पाएका दुई वटै उपहार एकै किसिमका थिए।

गत वर्ष गरिएको सर्भेमा भने युवा र किशोरहरू पाएका उपहारलाई बेच्न हतारिएका देखिन्थे भने ५५ वर्षभन्दा माथिका व्यक्तिमा भने सन्तुष्टि बढी थियो। उनीहरूमध्ये जम्मा तीन प्रतिशतले मात्र पाएका उपहार बेच्न वा साट्ने इच्छा गरेका थिए।

 -अच्युत कोइराला

प्रकाशित: १३ पुस २०८० ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App