१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

आज पनि सकिएन सन्दीपको मुद्दा

काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरूद्धको जर्बजस्तीकरण सम्बन्धी मुद्दा आज बिहीबार पनि हेर्दाहेर्दैमा रहेको छ।

आइतबारदेखि निरन्तर सुनुवाइ हुँदै आएको मुद्दामा आज पनि फैसला आउन नसकेको हो। न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको मुद्दा हेर्दाहेर्दैमा परेको हो।

सर्वोच्च अदालतले यो मुद्दालाई फास्ट ट्र्याक अर्थात प्राथमिकतामा राखेर छिटोभन्दा छिटो टुंगो लगाउनसमेत आदेश गरिसकेको जर्बजस्तीकरण सम्बन्धी मुद्दा लम्बिँदै गएको छ। २०७९ कात्तिकदेखि क्रिकेटर लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा ४० पटकसम्म पेसी चढिसकेको छ। जिल्ला अदालतले बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाई हुँदै गरिरहेको टिप्पणी भएको छ।

अन्तिम बहसका लागि दैनिक पेशीमा चढेको मुद्दामा आज पीडित पक्षका कानुन व्यवसायीबाट बहस भएको थियो। 

मुद्दामा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। पीडित किशोरीको उमेरमाथि प्रश्न उठाउँदै आएपछि अदालतले जन्मदर्ता देखि बसाइसराइसम्मको माग्ने आदेश गरिसकेको छ। हेर्न नभ्याइने, हेर्न नमिल्ने, प्रमाण माग्ने आदेश, हेर्दाहेर्दैमा अल्झिरहेको बलात्कारजस्तो संवेदनशील मुद्दामा ढिलासुस्ती हुँदै आएको हो।

प्रकाशित: १२ पुस २०८० ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App