३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चुरे उत्खनन गरेको आरोपमा क्रसर सञ्चालक पक्राउ

चुरे तथा वन क्षेत्रमा ढुंगा, गिटी, बालुवा उत्खनन गरेको आरोपमा डिभिजन वन कार्यालय लहानले केही बेरअघि एकजना क्रसर सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने कर्जन्हा नगरपालिका ७ स्थित कमला नदी किनारमा कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए।

दुई दिनअघि वन कार्यालयले कमला नदी किनारबाट प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) नगरी खन्दै गरेको अवस्थामा एक्स्काभेटरसहित दुईजनालाई नियन्त्रणमा लिइएको हो।  

‘वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट उत्खनन गरिरहेको अवस्थामा एक थान एक्स्काभेटरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार नीरज बस्नेतलाई नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएकाहरूलाई डिभिजन वन कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको चौधरीले बताए।

प्रकाशित: १२ पुस २०८० ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App