२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जानकी मन्दिरः उत्तराधिकारी स्वार्थले निम्तिएको महन्त विवाद

भारतको उत्तर प्रदेशस्थित नवनिर्मित राम मन्दिरको उद्घाटनमा जनकपुरबाट कोसेली पठाउने वा नपठाउने विषयले चर्चा पाउन थालेको छ। भगवान रामको ससुराली जनकपुरस्थित जानकी मन्दिरबाट अयोध्यामा बनिरहेको राम मन्दिरको उद्घाटन समारोहमा मन्दिरका दुई महन्तबीच कोसेली पठाउने नपठाने विषयमा विवाद उत्पन्न भएको हो।

जनकपुरको जानकी मन्दिरबाट कोसेली पठाउने तयारी भइरहेकोबेला मन्दिरका मुख्य महन्त रामतपेश्वर दास वैश्णवले जनकपुरबाट कुनैपनि कोसेली राम मन्दिरको उद्घाटनमा नपठाउने बताएका छन्।

तीन दिनअघि मात्रै मन्दिरकै छोटा महन्त रामरोशन दासले पत्रकार सम्मेलन गरेर भारतको आयोध्यमा हुने राम मन्दिरको उद्घाटन समारोहमा रामको ससुराली जनकपुरधामबाट विभिन्न प्रकारका भार (कोसेली) पठाउने जानकारी गराएका थिए। तर, जानकी मन्दिरबाट पठाइने भनिएको केसेलीमा मन्दिरको कुनै संग्लनता नरहेको मुख्य महन्त रामतपेश्वरले आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी गराए।

उता भारतीय सञ्चार माध्यमहरूले पनि रामको ससुरालीबाट विभिन्न परिकारसहितका ११ सय थालमा कोसेली अयोध्या आउने भनेर समाचार प्रकाशन प्रसारण गरिरहेको बेला जानकी मन्दिरका दुई महन्तबीचको विवादले अन्यौलता देखिएको छ।

२२ जनवरीका दिन भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यामा हुने राम मन्दिरको उद्घाटन समारोहमा रामको ससुराली जनकपुरधामबाट पठाउने कोसेलीको विषयमा छोटा महन्त र मुख्य महन्तबीच विवाद उत्पन भएसँगै कोसेली पठाउने विषयमा अन्यौल सिर्जना भएको हो।

यद्दपी यसबाट कुनै प्राभाव नपर्ने छोटा महन्त रामरोशन दास बताउँछन्। उनले भने, ‘समितिले निर्णय गरिसकेको छ। राम जन्मभूमि आयोध्यामा रहेको राम ट्रस्टलाई समेत जानकारी गराइसकेका छौं, हामीे सकेसम्म जनकपुरबाट कोसीलीको भार लिएर राम मन्दिरमा पुग्नेछौं। त्यसका लागि आज जानकी मन्दिरमा सर्वपक्षीय बैठक बोलाएका छौं र कोसीले लग्ने विषयमा आजैदेखि विधिवत रुपमा कार्य सुरु हुनेछ।’

जानकी मन्दिरबाट कोसेली लिएर जानका लागि ११ सय सदस्य समिति समेत गठन गरिएको छ। त्यसका संरक्षकमा जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिर रहेको छोटा महन्त रामरोशनले जानकारी दिए। उनले पकवान लगायत फलफूलको कोसेली दिने इच्छुक व्यक्तिलाई ३ जनवरीे जानकी मन्दिरमा मात्रै ल्याउन सूचित समेत गरेका हुन्। ४ जनवरीका दिन कोसेली लिएर जनकपुरबाट प्रस्थान गर्नेछ।

महोत्तरीको जलेश्वरनाथ मन्दिरबाट हुलाकी राजमार्ग हुदै मलङ्गवा, बलरा, सिमरोनगढ गढीमाई पुगी राति वीरगञ्जमा विश्राम गर्ने र भोलि बिहान् वीरगञ्जको जानकी नगर प्रवेशद्धार हुँदै बेतिया कुसिनगर सिर्दाथनगर गोरखपुर हुदै आयोध्या पुगेर राती विश्राम गर्ने र ६ जनवरीको बिहान सम्पुर्ण कोसेली राम मन्दिर ट्रस्टलाई जिम्मा लगाउने छोटा महन्त रामरोशन दासले जानकारी दिए।

‘राम मन्दिरसँग जनकपुरबासीको आस्था जोडिएको छ, मन्दिरको उद्घाटनमा कोसेली लिएर मधेश प्रदेशका आठै जिल्लाबासीहरू जान आतूर छन्। कसैको आस्थामाथि कसैले रोक लगाउन सक्दैन’ छोटा महन्त रामरोशनले भने, ‘जानकी मन्दिरका महन्त रामतपेश्वर शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुहुन्न। उहाँलाई सुताउन उठाउन दसजनाको आवश्यकता पर्छ। त्यसैले उहाँ जान चाहनु भएको छैन।’

जनकपुरबाट कोसेली दिने इच्छुक व्यक्तिका लागि जानकी मन्दिरमा स्टल राख्ने र नाम र ठेगानासहित कोसेली उपल्बध गराइदिन छोटा महन्त रामरोशनले अह्वान समेत गरेका छन्। उनले कूटको कार्टुन भन्दा बाँसको चगेरामा सजाएर कोसेली मन्दिरमा ल्याँउन जनकपुरबासीमा आग्रह गरेका छन्।

कोसेली लिएर जाने सबैजना एकै रंगको लुगा लगाउन र टाउकोमा कोसेली बोकेर राम मन्दिर पुग्ने तयारी रहेको छोटा महन्त रामरोशनले जानकारी दिए। तर, कोसेली पठाउने विषयमा जानकी मन्दिरमा मुख्य महन्त रामतपेश्वर दास सहमत छैन। उनले भने‘ राम मन्दिर प्राण प्रतिष्ठामा कोसेली पठाउन सम्भव छैन्। रामरोशन मेरै शिष्य हो। उनले कसरी कोसेली लिएर जाने कुरा गर्‍यो मलाई जानकारी छैन। तर जानकी मन्दिरबाट कोसेली जादैन्। त्यो सम्भव पनि छैन्।

मुख्य महन्त रामतपेश्वरले राम मन्दिरको प्राण प्रतिष्ठामा कडा सुरक्षा हुनाले कोसेली लिएर गएपनि कुनै वास्ता नगर्ने बताए। उनले भन, ‘कोसेली लिएर नजान पनि भन्दिनँ। यदि जान्छ भने उसैले जानोस्।

दुई महन्तबीच विवाद किन ?

मन्दिरका मुख्य महन्त राम तपेश्वर दास र छोटा महन्त रामरोशन दासबीच यसअघि पनि विवाद देखिँदै आएको छ। मन्दिरको अबको उत्तराधिकारी को हुने विषयमा दुबै महन्तबीच विवाद उत्पन्न भएदेखि नै जानकी मन्दिरको कामकाज बेलाबेला चर्चामा आइरहन्छ।

मुख्य महन्त रामतपेश्वरले आफ्ना शिष्य मनोज दासलाई उत्तराधिकारी बनाउन खोजिरहेका छन् भने छोटा महन्त रामरोशन दासले सबै जिम्मेवारी आफूमा तान्न खोजिरहेको बुझिएको छ। छोटा महन्थ रामरोशन दासको कामकाजप्रति मनोज दासले आपत्ति जनाउँदै अदालतमा मुद्दा नै दर्ता गराएका छन्।

आफू वरिष्ठ रहेको भन्दै मन्दिरको अबको उत्तराधिकारी आफू हुनुपर्ने मागसहित मनोज दासले जिल्ला अदालत धनुषामा करिब एक वर्ष अघि मुद्दा दर्ता गराएका छन्।

प्रकाशित: १० पुस २०८० ०५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App