२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बस र मोटरसाइकल एक आसपमा ठोक्किदा २ जनाको मृत्यु

बिपि राजमार्गमा बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। बिपि राजमार्गस्थित सिन्धुलिको झांगाझोली रातमाटामा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।

काठमाडौँबाट सिन्धुली तर्फ आउदै गरेको बागमती प्रदेश ०१ ००६ ख ४५९३ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो।

दुर्घटनामा परी मोटरसाइकल चालकको घट्नास्थमै मृत्यु भएको छ भने मोटरसाइकल पछाडि बसेकी महिलाको उपचारको क्रममा अस्पताल लैजादा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

मृत्यु हुनेमा खोटाङ दिक्तेल नगरपालिका १० बस्ने १८ वर्षीया मुनाकला राईको रहेकी छिन् भने मोटरसाइकल चालकको नाम खुल्न सकेको छैन।

प्रकाशित: ९ पुस २०८० ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App