८ असार २०८१ शनिबार
image/svg+xml
समाज

३६ किलो लागुऔषध गाँजासहित स्कार्पियो प्रहरी नियन्त्रणमा

प्रहरी नियन्त्रणमा लिएको स्कार्पियोका डिकीभित्र बाकस बनाएर लुकाइएको गाँजा निकाल्दै प्रहरी। फोटोः नागरिक

जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट प्रहरीले लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो शुक्रबार बिहान नियन्त्रणमा लिएको छ।

पथलैयाको सर्भिस लाइनमा पार्किङ गरी राखिएको बेवारिसे डिएल ४ सिएनबि ३६८१ नम्बरको भारतीय स्कार्पियोबाट लागुऔषध गाँजा बरामत भएपछि गाँजासहित गाडीलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले पार्किङ गरिएको गाडीमा लागुऔषध गाँजा राखिएको सूचनाका आधारमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा स्कार्पियोबाट ३६ किलो लागुऔषध गाँजा बरामत भएपछि गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको बताएका छन्।

गाँजा कारोबारीले स्कार्पियो गाडीको पछाडिको डिकीभित्र बाकसजस्तै बनाएर त्यसैभित्र लुकाएर गाँजा ओसार्दै आएको उनले बताएका छन्।

प्रकाशित: ६ पुस २०८० ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App