७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नारायणघाट-मुग्लिङ सडक पुसको पहिलो सातादेखि दैनिक चार घण्टा बन्द हुने

फाइल तस्बिर

नारायणघाट मुग्लिङ सडक पुसको ७ गतेदेखि दैनिक  चार घण्टा सडक बन्द हुने भएको छ। नागढुंगा मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मुग्लिङ, चितवन योजना कार्यालयले सार्वजनिक सूचना  जारी गरेर पुसको ७ गतेदेखि २८ गतेसम्मको अवधिमा दैनिक ११ बजेदेखि ३ बजेसम्मको लागि सडक बन्द गरेर पुलको बाँकी काम र सडकको एप्रोच  निर्माण गर्नका लागि सडक बन्द गर्ने भएको हो।

नागढुंगा मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मुग्लिङ कार्यालयका अनुसार नारायणघाट मुग्लिङ सडक खण्डमा निर्माणाधीन पुलहरू मध्ये बाँकी रहेको तुइन खोला पुलमा पुलको जग तथा एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाउने कार्यलाई निरन्तरता दिनका लागि सो सडक दैनिक चार घण्टा बन्द गरेर मर्मत कार्य गर्न लागेको जनाएको छ।

गत मंसिर ३० गते बसेको अन्तर जिल्ला सुरक्षा समन्वय समिति (चितवन,धादिङ,गोरखा) बाट निर्णय भए अनुसार  दैनिक चार घण्टा सडक बन्द गरेर काम गर्न लागिएको हो। कार्यालयका अनुसार सडकको काम बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म यातायात सञ्चालनमा पूर्ण रुपमा रोकेर  पुल निर्माणको काम गरिनेछ। अवधिभर सवारी साधनहरूलाई निम्नानुसारको स्थानहरूमा रोक्ने व्यवस्था मिलाइएको छ। साथै सम्भव भएसम्म सो अवधिभर अन्य वैकल्पिक मार्ग प्रयोग गर्नसमेत योजना कार्यालय सम्पूर्णमा अनुरोध गरेको छ। नारायण घाटतर्फबाट छिर्ने यात्रुबहाक सवारीसाधन बस,मिनीबस, माइक्रोबस, साना सवारीसाधनहरु पन्धकिलो बजारदेखि जुगेडीसम्म बिहान रोकिने व्यवस्था मिलाएको छ। मालबहाक सवारीसाधन ट्रक, लरी,टिलर ,ट्याङ्कर लगायतका सवारीसाधनलाई भटेरी जङ्गलदेखि रामनगरसम्म रोक्ने व्यवस्था गरिएको छ।

मुग्लिङतर्फबाट छिर्ने  यात्रुबहाक म सवारीसाधनमध्ये काठमाडौँबाट आउने सवारीसाधनलाई मुग्लिङ बजारदेखि मनकामना केबलकार गेटसम्म रोक्ने व्यवस्था गरिएको छ। त्यसैगरी पोखराबाट आउने सवारीसाधनलाई बेनीटारदेखि पावर हाउससम्म रोक्ने व्यवस्था गरिएको छ। त्यसैगरी काठमाडौँतर्फबाट आउने मालबहाक सवारीसाधनलाई लेवाटारमा र पोखराबाट आउने मालबहाक सवारीसाधनलाई सत्र सय फाँटमा रोक्ने स्थान तोकिएको छ। दिनको तीन बजेसम्म सबै सवारीसाधन चल्न पाउनेछन्। तर, सवारीसाधन चलाउँदा अनिवार्य रुपमा लेनको पालना गर्न समेत अनुरोध गरिएको छ।

प्रकाशित: ३ पुस २०८० ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App