१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडि टिपरले स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालकको मृत्यु भएको छ।

मध्यपुर थिमिको बहाखा बजारबाट सानोठिमीतर्फ जाँदै गरेको बा ४ ख २३४७ नम्बरको ट्रिफर र  बिपरीत दिशाबाट आँउदै गरेको बा ९२ प ५५३१ नम्बरको  स्कुटी एक आफसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक काभ्रेपलान्चोक रोशी गाँउपालिका वडा नं १० घर भई गठ्ठाघर भक्तपुर बस्ने बर्ष २३ को बिशाल मैनालीको मृत्यु भएको हो।

दुर्घटनापछि गम्भिर घाइते भई उपचारको लागि नागरीक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ।

दुर्घटना भएको सवारीसाधन टिपर जिल्ला प्रहरी परिसरमा राखिएको छ । टिपर चालक धादिङ थाक्रे गाँउपालिका वडा नं ७ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल बस्ने बर्ष ४२ को सुरेश तामाङलाई प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा राखिएको छ।घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ।

प्रकाशित: ३० मंसिर २०८० ०४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App