१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

चालु आवमा ताप्लेजुङमा नौ घरमा आगलागी

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित उकाली पानीनजिक केही दिनअघि भएको आगलागी। तस्बिर : नागरिक।

आगलागीको उच्च जोखिम मौसम सुरु नहुँदै ताप्लेजुङमा भएको आगलागीका घटनाबाट चालु आर्थिक वर्षमा मात्र नौ घर जलेर नष्ट भएका छन् भने आधा करोडभन्दा माथिको धनमाल क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार अहिलेसम्म सदरमुकाम फुङलिङमा मात्र दुई घर जलेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार मेरिङदेन गाउँपालिकामा तीन घर जलेका छन्।

यस्तै सिदिङ्वामा दुई, सिरिजङ्गा र मैवाखोलामा एक–एक घर जलेका छन्। चालु आवको यो अवधिसम्ममा आठराई त्रिवेणी, मिक्वाखोला, पाथिभरा याङ्वरक र फक्ताङ्लुङ गाउँपालिकामा भने आगलागीका घटना नभएको प्रहरीले बताएको छ।

फुङलिङमा बिहीबार एक घरमा आगलागी भएको छ। यसबाहेक आठ घर जल्दा ४८ लाख ८० हजार रुपैयाँ क्षति भएको ताप्लेजुङ प्रहरीले जनाएको छ। फागुनदेखि जेठसम्म आगलागीको उच्च जोखिम हुने गरेको छ, तर त्यो समयअगावै ताप्लेजुङमा आगलागीका घटना हुन थालेका छन्।

प्रकाशित: २९ मंसिर २०८० ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App