२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बालिकाको शव फेला परेको घटनामा २ जना प्रहरी नियन्त्रणमा, शव पोष्टमार्टमका लागि अस्पताल पठाइयो

धनुषामा बालिकाको शव फेला परेको घटनामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि दुईजना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको धनुषाका डिएसपी रञ्जन अवाले बताए।

उनका अनुसार पछिल्लो २४ घन्टादेखि हराइरहेकी बालिकाको शव सतोखर पोखरी नजिकै पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो। शव शङ्कास्पद रहेकाले पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको अवाले बताए।

बिहीबार बेलुका ७ बजे उनको शव फेला परेको र शवको प्रकृतिले घटना शंकास्पद देखिएको हुँदा अनुसन्धानका लागि दुईजनालार्ई नियन्त्रणमा लिएर सोधपुट सुरु गरिएको प्रवक्ता अवाले बताए।

उनले पक्राउ पर्नेमा हँसपुर नगरपालिका सोनिगमाका र हाल ससुराली सबैला बस्दै आएका बिनोद राय र अर्का एकजनाको परिचय खुल्न बाँकी रहेको बताए।

स्थानीयका अनुसार गत बुधवार बालिकाको छिमेकीमा एकजनाको विवाहको मटकोर कार्यक्रम थियो। मटकोरमा पोखरीबाट माटो निकाल्न रथमा चढेर बालिका पनि गएकी  थिइन्। सोही क्रममा गाउँका केही युवाहरुले ती बालिकालाई फकाइफुलाई सँगै लगेर बलात्कार गरेको एकजना स्थानीयले बताए।

ती स्थानीयका अनुसार बलात्कार पछि बालिकाको शव पानीको खाल्डोमा छाडेका थिए।

प्रकाशित: २९ मंसिर २०८० ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App