२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मानव अधिकारबारे बुझ्न नर्वेजियन राजदूत कपिलवस्तुमा

कपिलवस्तुको मानव अधिकारको अवस्था बुझ्न नेपालका लागि नर्वेकी राजदूत तोरम ड्रमडाल बिहीबार तौलिहवा आएकी छिन्। मानव अधिकार समूहले जिल्लाको मानव अधिकार लैंगिक हिंसालगायत विषयका तौलिहवा सरोकारवालाबीच राखेको कार्यक्रममा राजदूत ड्रमडाल, अतिथि सचिव एन्डेरिया सिलकोसेट, हो यान बिक्टोरिया डरहिमलगायतको टोली तौलिहवा आएको हो।

यस अवसरमा राजदूत ड्रमडालले नर्वे सरकारले आफू कपिलवस्तुमा मावन अधिकार र लैंगिक हिंसाबारे बुझ्न आएको बताइन्। उनले कपिलवस्तुमा बालविवाह धेरै हुने गरेको कुरा सुन्दा दुःख लागेको बताइन्। उनले नेपालको संविधान महत्वपूर्ण र उपलब्धिमूलक रहेको तर कार्यान्वयमा भने अलि भएको हेर्ने गरको बताइन्।

उनले आफ्नो देशले मावनअधिकारको सम्मान गर्ने गरेको बताइन्। नेपालसँगको ५० वर्षभन्दा बढी सम्बन्ध रहेको र विकासको साझेदारीका लागि अघि बढेको बताइन्।

उनी विशेषतः इन्सेकले जिल्लामा गरेको कामका विषयमा बुझ्न आएकी थिइन्। सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले कपिलवस्तुमा विगतको तुलनामा मानव अधिकारको अवस्था राम्रो भएको बताए। उनले इन्सेकले मानव अधिकारको रक्षाका लागि राम्रो काम गरेको बताए।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नगरवासीको अधिकारको नगरपालिकाले ख्याल गरेको बताए। उनले शिक्षा, स्वास्थ्य रोजगारी, सामाजिक विकासमा नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए।

कार्यक्रम अधिकारकर्मी रवि ठाकुरले जिल्लाका अधिकांश पालिकामा मानव अधिकारको समिति नबनेको बताए। उनले विगतमा दलित अल्पसंख्यक महिलाका लागि छुट्ट्याइने बजेट भने अहिले कुनै चासो नदिएको बताए।

कार्यक्रममा यौनिक तथा अल्पसंख्यक समुदायकी प्रेरणा विष्टले आफ्नो समुदायले अझै पनि धेरै कुराको विभेद सहनु परेको बताइन्। कार्यक्रममा हिंसापीडित छाया बारी र बिन्दु चौधरीले आफूले सामना गर्नुपरेको पीडाका विषयमा जानकारी गराएका थिए।

कार्यक्रममा महिला मानव अधिकारकर्मी पुष्पा रेग्मी, नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ साधिका रैदासलगायतले मावन अधिकारको अवस्थाबारे जानकारी गराएका थिए।

प्रकाशित: २९ मंसिर २०८० ००:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App