२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बिस वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

बाराको कलैया उपमहानगरपालिका-१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्माएकी छन्। वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्माएकी हुन्।

अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्। उनले भनिन्, “शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन्। शिशुसहित आमाको स्वास्थ्यस्थित सामान्य रहेको छ।”

मिन्कुदेवीका पति सङ्खु रामले स्थानीय स्वास्थ्यचौकीले सिफारिस गरेपछि सुत्केरी गराउन मिन्कुलाई वीरगञ्ज लगिएको बताए।

प्रकाशित: २६ मंसिर २०८० ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App