१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

स्कुटर चोरीको आरोपमा १७ वर्षीय किशोर चौथो पटक पक्राउ

स्कुटर चोरी गरेको आरोपमा एक किशोरलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पोखराका दुई छुट्टाछुट्टै ठाउँमा पार्किङ गरेर राखेको स्कुटर चोरी गरेको आरोपमा प्रहरीले बागलुङ घर भई पोखरा–१६ दीप बस्ने १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

किशोरले पोखरा–३ नदीपुर र पोखरा–१ बगरमा पार्किङ गरेर राखेको स्कुटर चोरी गरेको आरोप छ। यही मंसिर १९ गते पोखराको नदीपुरबाट ग १४ प २०३४ नम्बरको स्कुटर र पोखराको बगरबाट ग ८ प ९९३ नम्बरको स्कुटर हराएपछि कास्की प्रहरीले खोजतलास सुरु गरेको थियो।

खोजतलासको क्रममा किशोर ग १४ प २०३४ नम्बरको स्कुटरसहित फेला परेपछि पक्राउ गरिएको डिएसपी विकले जानकारी दिए। अनुसन्धानका क्रममा किशोरले दुई वटै स्कुटर चोरी गरेको स्वीकार गरेको उनले बताए।

स्कुटर चोरीको आरोपमा पक्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान जारी राखिएको डिएसपी विकले जानकारी दिए। पक्राउ परेका किशोर यसअघि ३ पटकसम्म चोरी मुद्दामा पक्राउ भइसेकेको रेकर्डबाट खुलेको डिएसपी विकले बताए।

स्कुटर चोरीमा संलग्न किशोरको नाम, वतन गोप्य राखिएको छ। नाबालक रहेको अवस्थामा उनीहरूको नाम, वतन गोप्य राख्ने गरिएको प्रहरीको भनाई छ।

प्रकाशित: २४ मंसिर २०८० १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App