१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित

फाइल तस्बिर

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित भएको छ। लामिछानेका कानुन व्यवसायी आज उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो।

चितवनमा नेपाल बार एसोसिएसनको गोष्ठीमा आफूहरू सहभागी भएका कारण मुद्दा स्थगित गर्नुपरेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले नागरिक न्यूजलाई बताए।

उनले भने, 'नेपाल बार एसोसिएसनको गोष्ठीका लागि चितवन आएको छु। त्यसैले मुद्दा स्थगित गर्नुपरेको हो। अब अर्को पेसी आगामी हप्तामा तय हुनसक्छ।'

आइतबार लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी तोकिएको थियो। 

प्रकाशित: २४ मंसिर २०८० ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App