१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कोप सम्मेलन परिसरमा अभियन्ताको प्रदर्शन

संयुक्त अरब इमिरेट्सको दुबईमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) भइरहेको छ। कोप–२८ भइरहँदा सम्मेलन केन्द्र परिसरमै भने अभियान्ताहरुले प्रदर्शन गरेका छन्।

खनिज इन्धनलाई विस्थापन गर्न माग गर्दै एक्सन एड इन्टरनेसनलका अभियन्ताले सम्मेलन केन्द्र परिसरमै प्रदर्शन गरेका हुन्।

एक्सन एड इन्टरनेसनलकी टेरेसा एन्डरसनले भनेकी छिन् 'सबैले समस्याहरू समाधान गर्न आफुले सक्दो प्रयास गरिरहँदा बैंकहरू वास्ता नै नगरी अगाडि बढिरहेका छन्। हामी यहाँ यो भन्न आएका छौं कि संयुक्त राष्ट्रसँग वास्तवमा मुद्रा प्रवाहलाई नियमन गर्ने र बैंकहरूलाई के गर्ने भनेर बताउन सक्ने क्षमता छ। बैंकहरूले नोक्सान गरिरहँदा हामी जलवायु संकट समाधान गर्न असक्षम भएकाले यो प्रक्रियामा दबाब दिन चाहन्छौं।' 

 

प्रकाशित: १८ मंसिर २०८० ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App