६ पुस २०८१ शनिबार
image/svg+xml
समाज

‘फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री’ कार्यक्रम सुरु

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को  ‘फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री’ कार्यक्रम सुरु भएको छ।

शुक्रबारदेखि  ‘फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री’ कार्यक्रम सुरु गरिएको हो।

करिब सवा तीन अर्ब रुपैयाँसम्मको कोष उपलब्ध हुने सो कार्यक्रमले कृषि सामाग्रीसम्मको पहुँचलाई व्यवस्थित बनाउन र नेपालको समग्र कृषि विकासमा योगदान पुर्‍याउन काम गर्नेछ।

सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेस प्रदेशका गरी १६ जिल्लामा सञ्चालन हुने उक्त पञ्चवर्षीय कार्यक्रम चार अत्यावश्यक कृषि सामाग्रीहरू – बीउ, मल, सिँचाइ र कृषि यान्त्रीकरण – मा केन्द्रित हुने बताइएको छ।  

'आर्थिक वृद्धि र समृद्धिको पथमा युएसएआइडी लामो समयदेखिको साझेदार हो र वैश्विक खाद्य सुरक्षा रणनीति अन्तर्गतको ‘फिड द फ्युचर’ पहलमा नेपाल प्राथमिकताप्राप्त मुलुक रहेको छ,' शुभारम्भ कार्यक्रममा बोल्दै युएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल शिफरले भने, 'आज यस अवसरको शुभारम्भ गर्न पाउँदा म उत्साहित छु किनकि यसको लक्ष्य उत्पादकत्व वृद्धि गर्नु मात्र होइनस यो त साना किसानलाई सबल बनाउन, गरिबी घटाउन र ग्रामीण आय बढाउनका लागि हो। नेपाली जनतालाई लाभ पुर्‍याउने समावेशी विकास मोडेलको सृजना गर्नका लागि हो। साथै, रोजगारी सृजना गर्न, आर्थिक विकासलाई उत्प्रेरित गर्न र स्थानीय समुदायहरूका जीवनमा सार्थक परिवर्तन ल्याउनका लागि हो।'

यस कार्यक्रमले आधुनिक कृषि सामाग्री तथा प्रविधिमा पहुँच अभिवृद्धि गराई दुई लाखभन्दा बढी कृषक र उनीहरूका परिवारलाई लाभान्वित गर्ने अपेक्षा राखिएको छ। यसले उत्पादकत्व र आय वृद्धि गरी नेपालमा गरिबी न्यूनीकरण र खाद्य सुरक्षामा सुधार गर्नेछ।

प्रकाशित: १५ मंसिर २०८० १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App