१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

'ईन्टरपोल १०० ग्लोबल भिडियो' प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

ईन्टरपोलद्वारा आयोजित युवा पुलिस नेताहरूको लागि 'ईन्टरपोल १०० ग्लोबल भिडियो' प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ। 

मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको ईन्टरपोलको ९१औं महासभाको पहिलो दिन भएको प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो। ‘ईन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो’, प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको ‘ग्रह बचत गरौं’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको विज्ञप्तिमा उल्लेख छ।

भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, कृत्रिम बुद्धिमताका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम भूमिका हुने विषय समेटिएको छ।  

ईन्टरपोलका अध्यक्ष मेजर जनरल डा.अहमद नासेर अल–राइसीबाट नेपाल प्रहरीलाई सम्मान स्वरूप प्रमाणपत्र प्राप्त भएको छ।  

ईन्टरपोल स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रूपमा मनाउन इन्टरपोल नवाचार केन्द्रद्वारा ‘२०३० मा सुरक्षित संसारको लागि इन्टरपोललाई कसरी जोड्ने र विश्वव्यापी कानून प्रवर्तनलाई सशक्त बनाउने परिकल्पना गर्नुहुन्छ?’ विषयमा आधारित रहि भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूलाई आह्वान गरिएको थियो। 

महासभामा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको छ ।

प्रकाशित: १४ मंसिर २०८० ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App