३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

महानगरपालिकाबाट निजीमा १० प्रतिशत सेवाको कार्यविधी पारित

विपन्न बिरामीको विवरण सफ्टवेयर मार्फत राखिने

काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका अस्पतालहरुमा विपन्नका लागि १० प्रतिशत शैय्या निःशुल्क दिने ऐनलाई कार्यान्वयन  गर्न हालै १० प्रतिशत निःशुल्क सेवा कार्यविधि पारित गरेको छ।

असोजको अन्तिम साता नै कार्यविधि पारित गरी थप प्रक्रिया अघि बढिसकेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। सरकारले हरेक निजी अस्पतालको हकमा विपन्नको लागि १० प्रतिशत निःशुल्क सेवाको सर्त सहित अस्पताल खोल्ने अनुमति दिने गर्छ।

तर यो सर्त केही अस्पतालले दिए पनि कुनै पनि अस्पतालले पूर्ण कार्यान्वयन नगरेको पाइएपछि महानगरपालिकाले गत भदौमा ऐन नै बनाएर कार्यान्वयनका लागि अघि बढेको थियो। कार्यविधिीले भिन्नै सफ्टवेयर बनाएर हरेक अस्पतालको खालि शैय्या,बिरामीको जानकारी लिनेछ। यो सफ्टवेयर महानगरपालिकाभित्रै कार्यालयमा हुनेछ। सेवा दिएका बिरामीको विस्तृत विवरण यो सफ्टवेयरमा अस्पतालले दर्ता गराउनु पर्नेछ।

बिरामी उपचारमा लागेको खर्च विवरण,बिरामीको फोन नम्बर, तस्बिर,नाम लगायतका विवरण यो सफ्टवेयरमा आउने भएकोले हरेक अस्पतालमा कुन बिरामीले उपचार गर्दै छन् भन्ने जानकारी लिन सहज हुने काठमाडौं महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद पौडेलले बताए।

सफ्टवेयर मार्फत राखिने तथ्याङ्कको कारण अव देखि नेताको सिफारिसको भरमा आउने नक्कली विपन्नले महँगा निजी अस्पतालहरूबाट सेवा लिने सम्भावना पनि घटेर गएको उनले बताए। ‘बिरामीको नाम र तस्बिर समेत सफ्टवेयरमा प्रकाशित हुन्छ, कसरी धनी मान्छेले सेवा लिने रु ’ उनले भने।

यो कार्यविधिले देशको जुनसुकै भागबाट आएका विपन्न बिरामीको समेत उपचार गर्ने व्यवस्था गरेको छ। यो सेवा लिनको लागि बिरामीले आफ्नो स्थायी घरबाट विपन्न भएको सिफारिस पत्र, यो सिफारिस पत्र लिँदा सर्जिमन सहितको हुनु पर्ने, त्यो विपन्न भएको प्रमाणपत्र लिएर काठमाडौँ महानगरपालिकाका वडाहरू तथा महानगरपालिकाभित्र गएमा निजी या सरकारी अस्पतालबाट पाउने १० प्रतिशत निःशुल्क शैय्या सेवा पाउनेछन्।

‘महानगरपालिकाको उद्देश्य उपचार सेवा लक्षित समूहले पाउनु पर्छ भन्ने हो, यो कार्यविधिले लक्षित समूहलाई नै बाटो खोलेको छ’ प्रमुख पौडेलले भने। नगरपालिका तथा सरकारको नियम उल्लंगन गर्ने निजी अस्पताललाई नवीकरण नगर्ने  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ भने नियम पालना नगर्ने अस्पताललाई नगरपालिकाभित्र सञ्चालन गर्न नपाइने महानगरपालिकाको ऐनमा व्यवस्था छ।

प्रकाशित: ८ मंसिर २०८० १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App