१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बल्खुमा ढुङ्गा मुढा, स्थिति नियन्त्रणमा

बल्खु क्षेत्रमा दुई पक्षका प्रदर्शनकारीहरू बिच ढुंगामुढा भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ । 

दुर्गा प्रसाईँ र नेकपा एमाले भातृसंगठन युवा सङ्घका कार्यकर्ताबिच  ढुङ्गा हानाहान भएको हो ।आज मध्यान्हमा बल्खु पुगेका युवा सङ्घ कार्यकर्ता र प्रसाईँ पक्षबिच ढुङ्गा हानाहान भएको हो। 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईँ पक्षलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको थियो। युवा सङ्घलाई भने तीनकुनेमा प्रदर्शनका लागि स्थान तोकिएको थियो। यति हुँदाहुँदै पनि युवा सङ्घका कार्यकर्ताहरू बल्खु पुगेपछि झडप भएको हो।  

सडकका दुवै किनारमा  सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । उक्त क्षेत्रमा बख्तर बन्द गाडी र एम्बुलेन्स  तयारी अवस्थामा छन्। चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ। 

सडकमा सवारी सधान निकै कम चलेकाले बन्दको दिनको झल्को दिएको छ। यात्रुहरू चोक चोकमा बसको लागी उभिएका देखिन्छन्। 

भेला हुने दुई क्षेत्र मध्ये बल्खुक्षेत्रमा  राष्ट्रिय झन्डा बोकेर आएका केही समूह देखिएका छन्।  उता तीनकुने क्षेत्रमा रातो टोपी लगाएर जम्मा हुनेको सङ्ख्या बढ्दै गएको देखिन्छ । 

विशेषगरी सुरक्षा निकाय कलंकी–बल्खु र तीनकुने क्षेत्रमा हाइअलर्टमा बसेको देखिन्छ । यी क्षेत्रमा सुरक्षाकर्मी निकै बाक्लो उपस्थिति छ। रिङरोडका दुवै किनारमा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन्। सुरक्षाकर्मीहरूले रिङरोड छिर्ने चोकहरूलाई विशेष निगरानी गरेको देखिएको छ । 

रिङरोड भित्र काठमाडौँका भित्री सहरमा भने सुरक्षाकर्मीको खासै उपस्थिति  देखिँदैन। भित्रका माइतीघरलगायतका शीतल निवास,प्रधानमन्त्री निवास, मन्त्री निवास क्षेत्र वरपर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेको छ। 

सडकमा सार्वजनिक र निजी सवारीसाधनहरू अत्यन्त न्यून सङ्ख्यामा गुडिरहेका छन्। सार्वजनिकमा ट्याक्सी र केही छिटपुट रूपमा रुटका बसहरु संचालनमा छन्। निशेधआज्ञाका कारण माइतीघर क्षेत्र सामान्य छ । 

प्रकाशित: ७ मंसिर २०८० ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App