८ असार २०८१ शनिबार
image/svg+xml
समाज

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले राजीनामा स्वीकृत गरेको हो।

उमेर विवादमा मुछिएपछि उपरथी पाण्डेले राजीनामा दिएका थिए। उपरथि पाण्डेको उमेर विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रक्षा मन्त्रालयलाई चासो राख्दै पत्रचार गरेको थियो। त्यसपछि नेपाली सेनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेपछि उनको विवाद पेचिलो बन्दै गएको थियो।

पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा जन्ममिति फरक परेको भन्दै बढुवा सिफारिसप्रति प्रश्न उठाइएको हो। उनको विषयमा राज्यव्यवस्था समितिमा उजुरी समेत परेको थियो। पाण्डे २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनको नागरिकता प्रमणपत्रमा जन्म मिति २३ मंसिर २०२३ उल्लेख छ। तर उनको शैक्षिक प्रमाणपत्रमा भने जन्म मिति १२ माघ २०२१ उल्लेख भएको विषय बाहिर आएपछि विवाद सुरु भएको हो।

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख भएको तर उनले नागरिकतामा जन्म मिति सच्याएर २०२३ मंसिर १३ गते बनाएको आरोप लगाइएको थियो।

प्रकाशित: ७ मंसिर २०८० ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App