७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सेक्स दृश्यबाट युवा अघाएकै हुन् त?

यस्तो पनि!

बेलायत र अमेरिकाका अध्येताहरूका अनुसार नयाँ पुस्ता (जेनरेसन जेड)को रूचि यौन दृश्यमा कम रहेको देखिएको बताएका छन्। बरू उनीहरूमा बढ्दो एक्लोपनको महामारीका कारण आत्मियताबारे बनाइएका शृंखला वा फिल्महरू प्राथमिकता रहेको अध्ययनमा देखिएको छ।

उनीहरूले टेलिभिजनहरूले बढी नै यौनजन्य शृंखलाहरू देखाइरहेको भन्दै अरूचि देखाएको पाइएको छ। १३ देखि २४ उमेर समूहका युवाहरूले हेर्न खोजेका कुराहरूमा मित्रताको गहिराइ, आत्मिय प्रेम, प्लेटोनिक सम्बन्ध रहेको देखिएको छ।

पछिल्लो समय बढ्दो एक्लोपनको महामारीका कारण टेलिभिजन वा फिल्ममा स्वाद परिवर्तन गर्न चाहेको संकेतका रूपमा विज्ञहरूले लिएका छन्। टेलिभिजनमा बढी देखाइने यौनदृश्य कम चाहने युवा पुस्ताहरूको संख्या बढ्नुलाई ’सेक्स रिसेसन’का रूपमा लिएका छन्।

युनिभर्सिटी कलेज अफ लस एन्जल्सले गरेको अध्ययनमा सहभागीहरूले टेलिभिजन तथा फिल्महरूले प्रेम र रोमान्सलाई अभिव्यक्त गर्न देखाउने यौनका दृश्यहरू अति बढी देखाएको र त्यो दिक्कलाग्दो रहेको प्रतिक्रिया सहभागीहरूले दिएका थिए।

रोमान्सका दृश्यहरूमा जे जस्ता कुरा देखाइन्छन्, ती हेर्नै नपरे हुन्थ्यो अनि प्रेम र सेक्स मिसमास गरेर देखाउनाले ती शृंखला वा फिल्म दिक्कलाग्दा हुन थालेका सहभागीले बताएका थिए।

खास गरी उनीहरूले ट्विलाइट शृंखला र हंगर गेम्सजस्ता उपन्यासमा आधारित फिल्महरूमा जे देखाइन्छन्, तीबाट अब आफूहरू अघाएको उनीहरूको प्रतिक्रिया थियो।

यसको साटो ३९ प्रतिशतले यौनका कुनै दृश्य नभएका, रोमान्सका कुनै दृश्य नभएका चरित्र र कथानक आफ्नो रूचिमा रहेको उनीहरूको भनाइ थियो। पछिल्लो समय ’हार्टस्टपर’ निकै हिट भएको थियो। त्यसमा यौनका कुनै पनि दृश्य समावेश गरिएको थिएन।  

प्रकाशित: ७ मंसिर २०८० ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App