२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लम्बोदरले अदालतमा बुझाए २५ लाख धरौटी

विशेष अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा लागेका लम्बोदरकुमार न्यौपानेलाई २५ लाख रुपैयाँ धरौटी लिएर थुनामा जान नपर्ने आदेश गरेको छ।

न्यायाधीशहरू यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले धरौटी बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने सोमबार आदेश गरेको हो।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार उनले सोमबार नै २५ लाख रुपैयाँ नगद बुझाएका हुन्।  ‘उपस्थित हुने निवेदनमा धरौटीको आदेश भएको हो’ उनले भने।

लम्बोदरविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ माघ २७ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। उनको त्यो मुद्दा सम्पत्ति शुद्धीकरणसँग जोडिएको भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसँग सम्बन्धित विषयको हो। न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैर कानुनी रुपमा आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप छ।

सम्पत्ति शुद्धीकरण विभागले गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदरसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता गरेको दुई वर्षपछि बल्ल धरौटी खुलेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालक समितिका पदाधिकारीविरुद्ध मुद्दा दर्ता गरेको हो। न्यौपानेसहित रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमकुमारी केसी, इल्या दीक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा उपाध्यायविरुद्ध मुद्दा दर्ता गरेको हो।

प्रकाशित: ६ मंसिर २०८० ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App