८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

बझाङमा परकम्प

बझाङको धमेना केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको परकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो। केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बझाङमा धमेनामा भूकम्प पछि फेरि  परकम्प गएको बताए।

“धमेना केन्द्रबिन्दु भएर चार शमलव पाँच रेक्टर स्केलको परकम्प गएको हो”, उनले भने, “बझाङ आसपासका जिल्लामा समेत परकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ।”

गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसयता धेरैपटक परकम्प गएको केन्द्रले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०८० ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App