२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

दलहरूकै कारण गणतन्त्रमाथि प्रश्न चिन्ह उठेको छः डाक्टर कोइराला

नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले अहिलेको अवस्थाले गर्दा जनतामा निराश छाएको बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा। कोइरालाले जनतामा निराशा छाउनुको मुख्य कारण गणतन्त्रको सही सदुपयोग गर्न नसक्दा यो अवस्था आएको बताएका हुन्।

पुरुष भारत पसे, गाउँमा महिला मात्रै

दसैँ तिहार सकिएसँगै कर्णालीका गाउँ युवा विहीन हुन थालेका छन्।  

जुम्लाको सिंजा गाउँपालिका ६ का १८ देखि २५ युवा एकै दिन भारत गएका छन्। गाउँमा पुरुषहरू कमै भेटिन्छन्। ज्याला मजदुरी गर्न सक्ने उमेरका सबै पुरुष भारत पसेका छन्।

तिहारमा सडक दुर्घटनाबाट १७ को मृत्यु

दीपावलीको समयमा सुदूरपश्चिम प्रदेशमा सवारी  दुर्घटनाबाट १७ जनाको मृत्यु भएको छ।  

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार दीपावलीको अवधिमा सुदूरपश्चिमका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको हो।

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई वटा गैंडा मारेका छन्।  

निकुञ्जको कोर क्षेत्रमा पर्ने चपचुली पोस्टबाट करिब साढे तीन किलोमिटर दक्षिणमा तस्कारले अन्दाजि १८ र ६ बर्षको दुई वटा पोथी गैंडा खाल्टोमा पारेर मारेका हुन्।

प्रहरीले गोली हानेर बाँकेबाट एक जनालाई नियन्त्रणमा लियो

धारिलो हतियार प्रयोग गरी स्थानीयलाई गम्भीर घाइते बनाएका एक जनालाई बाँके प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ।

प्रहरीले खजुरा९४ बाट शुक्रबार बिहान गोली हानी कोहलपुर९११ का आकाश रानालाई नियन्त्रणमा लिएको हो।

छठपर्व आजदेखि विधिवत सुरु

 सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ।  

चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो। ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन्।

पोखराको पृथ्वीचोकस्थित सेती नदीमा दुईवटा पुल थपिँदै

पोखराको पृथ्वीचोकस्थित सेती नदीमाथि थप दुईवटा पुल निर्माण सुरु भएको छ।  

पोखरा सहर भित्रिने मुख्य नाका पृथ्वीचोकस्थित सेती नदीमा पृथ्वी राजमार्ग बिस्तारसँगै पुल पनि बनाउन थालिएको हो।

प्रकाशित: १ मंसिर २०८० १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App