२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लोकन्थलीमा दुर्घटना: एकजनाको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली चोकमा आज बिहीबार साँंझ भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

जडिबुटिबाट भक्तपुरतर्फ आँउदै गरेको ना७ ख ४७७४ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिसाबाट आँउदै गरेको बा७३ प२१६० नम्बरको मोटरसाइकलाई ठक्कर दिदाँ मोटरसाईकल चालक सिन्धुपाल्चोक चौतारा साँगागढीचोक नगरपालिका वडा नं ४ ठुलो सिरुवारी घर भई हाल भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नं ३ बालकोट बस्ने बर्ष ४१ को हरिशरण पुरीको मृत्यु भएको हो।गम्भिर घाईते भई उपचारको लागि मध्यपुर ठिमी अस्पताल लगेकोमा उपचारकै क्रममा साँंझ सात बजेको समयमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।तेल बोक्ने ट्यांकरलाई नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए।ट्यांकर चालक सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा नं२ बस्ने बर्ष ४५ को तुलबहादुर माझीलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखिएको छ।घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ।

प्रकाशित: ३० कार्तिक २०८० १६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App