तिहारको अवसर पारेर कपिलवस्तुका बिभिन्न स्थानमा निकालिएको २ सय ४९ महालक्ष्मीको मूर्ति विसर्जन गरिएको छ। तिहारको अवसरमा गत आइतबार लक्ष्मी पूजाका दिन विशेष पूजापाठ गरी जिल्लाका १० पालिकाका बिभिन्न स्थानमा महालक्ष्मीको मूर्ति निकालिएको थियो।जिल्ला प्रहरी कार्यालय अनुसार तिहारलाई लक्षित गरी जिल्लामा २ सय ४९ मूर्ति प्रदर्शनका लागि निकालिएको थियो।
ती मूर्तिहरूलाई स्थानीय नदी नाला, पोखरीमा विसर्जन गरिएको हो।बुधवार १ सय ७० र बिहीबार ७० मूर्ति विसर्जन गरिएका छन ९ मूर्ति भने शुक्रवार विसर्जन गर्ने कार्यक्रम छ।दशैका बेला दुर्गा भगवती निकाल्ने चलन पहिले देखि नै चली आएको छ । तिहारमा भने विगत केही वर्ष अघि सम्म थारै मात्र निकाल्ने चलन थियो । तर अहिले भने तिहारमा समेत महालक्ष्मीको मूर्ति निकाल्ने चलन बढ्दै गएको हिन्दु धर्मगुरु बताउँछन्।
गएको दसैँमा साढे ३ सय बढी दुर्गा भगवतीको मूर्ति निकालिएको थियो । सुरक्षा संवेदनशील मानिएको कृष्ण नगर र महाराजगन्ज क्षेत्रमा शान्तिपूर्वक मूर्ति विसर्जन गरिएको प्रजिअ शंकरहिर आचार्यले बताए । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी कृष्ण नगर र महाराजगन्जमा ब्यापकहरुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यहाँ नेपाल र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका कर्मचारीहरू परिचालन भएका थिए।
नेपाल र सशस्त्र प्रहरी गरी महाराजगन्ज र कृष्ण नगरमा ७ सय बढी सुरक्षाकर्मी परिचालन भएको जिल्ला सुरक्षा समितिका सदस्य तथा सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले बताए। उता कृष्ण नरमा भने शान्ति सुरक्षामा अत्यन्तै संवेदनशील मानिएको कपिलवस्तुको कृष्ण नगरमा देवी लक्ष्मी माताको मूर्ति बिसर्जनको क्रममा सीमा नाकामा दिनभर विशेष कडाई गरिएको थियो।कृष्ण नगरमा मूर्ति बिसर्जनको क्रममा हरेक गतिविधि ड्रोन, सिसी टिभिर आधा दर्जन क्यामेराहरू परिचलन गरिएका थियो।जिल्ला सुरक्षा समितिको पुरै टोली कृष्ण नगरमा दिनभर बसेका थिए । कृष्ण नरमा बिहीबार १९ वटा लक्ष्मीको मूर्ति विसर्जन गरिएका छन।
मूर्ति विसर्जन कार्य शान्तपुर्वम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।शान्ति सदभाव कायम गर्न कृष्ण नगर नगरपालिकाका मेयर रजत प्रताप शाहको संयोजकत्वमा ९ सदस्यीय समिति समेत निर्माण गरिएकाे थियो।मूर्ति विसर्जनलाई मध्यनजर गर्दै भारतीय समकक्षी सुरक्षाकर्मीसँग समेत समन्वय गरिएको थिय । शान्ति सुव्यवस्था कायम गर्न कार्तिक २८ देखि ३० गते सम्म जिल्लाभर मदिरा बिक्री वितरण र सेवनमा समेत रोक लगाइएको थियो।
प्रकाशित: ३० कार्तिक २०८० १३:४९ बिहीबार