२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सीमा अपराध नियन्त्रणमा नेपाल र भारतका सशस्त्र प्रहरीले बढाउदै निगरानी

भारत र नेपालको सीमामा हुने अपराध नियन्त्रणमा दुबै देशका सशस्त्र प्रहरीका सुरक्षा अधिकारी बिच सिमा क्षेत्रमानिगरानी  बढाउने सहमिति भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनीको आयोजनामा भारतीय सशस्त्र सिमा बल सेक्टर हेड क्वाटर लखिमपुर खिरी, सेक्टर हेड क्वाटर गोरखपुर बिच डिआईजि लेबलको काउन्टरपार्टस मिटिङमा सो निर्णय गरिएको हो।

सो बैठकमा दुबै देशका सशस्त्र सुरक्षा अधिकारीहरुले सिमा अपराध नियन्त्रणमा एक आपसमा सहयोग र समन्वय बढाई ठोस पहल गर्ने निर्णय भएको कपिलवस्तुका सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले बताए। बैठकमा सिमा सुरक्षालाई थप प्रभावकारी र ब्यवस्थित बनाउन नेपालको सशस्त्र र भारतको एसएसबिको थप टोली तैनाथ गर्नेै समेत सहमति बनेको थियो। दुबै पक्षले सिमा अपराध नियन्त्रण तथा सीमापार नेपाली र भारतीय नागरिको सुरक्षित,सहज र मर्यादीत आवतजावतमा जोड दिइएको प्रहरी उपरिक्षक केसीले बताए।

दशगजा क्षेत्रलाई सफा र सुन्दर राख्न संयुक्त सरसफाई अभियान संचालन गर्ने, दुबै देशमा सुरक्षित आउजाउ गर्न हेल्प डेस्को स्थापना, सुचना आदान प्रदान गर्ने समेत सहमित भएको थियो। बैठकमा सीमा सुरक्षा, भन्सार छली र अबैध सामान ओसारपोसार नियन्त्रण, मानव बेचबिखन÷अपहरण, हातहतियार तथा लागु औाषध नियन्त्रणका बिषयमा समेत छलफल भएको थियो। बैठकमा दुबै देशको सुरक्षा संबेदनशीलता बिषयमा गंभीरढंगले छलफल भएको उपरिक्षक केसीले बताए। बाहिनीपति तथा सशस्त्र प्रहरी नायब महानिरिक्षक अभिकुमार खत्री लखिमपुर खिरीका डिआईजी जेडी बसिष्ठ गोरखपुर डिआईजि अखिलेश्वर सिंहले सिमा अपराधलाई निस्तेज पार्न एक आपसरमा समन्वय र सुचना आदान प्रदानालई बढाउदै लानु पर्ने बिषयमा जोड दिएका थिए।

दशगजा क्षेत्रमा सुरु भएको सिमा स्तम्भहरुको मर्मत र संभारका कार्यलाई समते दुबै देशका सशस्त्र प्रहरीले समयमै संपन्न गर्नेमा जोड दिइएको थियो। सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक गंगाराम श्रेष्ठ र भारतीय सिमा सुरक्षा बल सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजि अखिलेश्वर सिहले स्वागत मन्तब्य दिएका थिए। बैठकमा लुम्बिनी प्रदेशका भारतसंग सिमा जोडिएका गणका गणपति र भारतीय एसएसबिका कमाण्डेन्टकहरुको सहभागीता रहेको थियो।  

प्रकाशित: २४ कार्तिक २०८० १५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App