१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

कोप–२८ मा प्रधानमन्त्री दाहाल जाने

कोप–२८ सम्मेलनमा नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल जाने भएका छन्।

वन तथा वातावरण मन्त्रालयले गरेको अन्तरक्रिया कार्यक्रममा वन तथा वातावरण मन्त्री डा.विरेन्द्र प्रसाद महतोले कोप–२८ सम्मेलनमा नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने बताएका हुन्।

जलवायु सङ्कटको अत्यधिक जोखिममा रहेका राष्ट्रको पक्षमा प्रधानमन्त्रीले सम्मेलनमा आफ्ना भनाई राख्ने उनले बताए।

‘हामी यसपटक तथ्याङ्क र प्रमाणमा आधारमा रहेर हाम्रा कुरा राख्नेछौ,’ उनले भने। सम्मेलनमा हरेक प्रदेशबाट जलवायु जोखिममा रहेको समुदायका एक जना प्रतिनिधिहरू सहभागी गराउने तयारी भइरहेको मन्त्री महतोले बताए।

जलवायु परिवर्तन विज्ञानको मात्र विषय नभई राजनीतिक र भूराजनीतिको विषय बनेको चर्चा गर्दे मन्त्री महतोले यसलाई सबैको साझा अजेण्डा बनाउनु पर्ने बताए। उनले जलवायु परिर्वनलाई सम्बोधन गर्न अरूको मात्र आशा नगरी आफ्नो आन्तरिक तयारी पनि उत्तिकै आवश्यक रहेको बताए। ‘हाम्रा योजना तथा कार्यक्रममा यसलाई राख्न हामी सचेत हुनुपर्छ,’ उनले भने।

प्रधानमन्त्रीका जलवायु तथा वातावरण सल्लाहकार पपुलर जेन्टलले कोप–२८मा जानुअघि राष्ट्रिय स्तरको जलवायु सम्मेलनको आयोजना गरिने बताए।

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले सरकारले हाल तयार गरिरहेको १६औ योजनामा जलवायु परिवर्तनलाई प्रमुख विषय बनाइने बताए।

कार्यक्रममा सहभागी विज्ञ, विदेशी निकायका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधीहरुले सम्मेलनमा नेपालको प्रभावकारी सहभागिताका लागि विभिन्न सुझावहरू दिएका थिए। 

प्रकाशित: २४ कार्तिक २०८० ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App