२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सरकारको सेडानको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति गलत छः घिसिङ

फाइल तस्बिर

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रने सबै ब्राण्डका विद्युतीय सवारी सावरी साधनलाई अनुमति दिन आवश्यक रहेको बताएका छन्।

बिहीवार काठमाडौंमा भएको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल सफ्टवेयर सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन्।

उनले सरकारले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति लिनु गलत भएको बताए। नेपालमा जुनसुकै ब्राण्डका ट्याक्सी आएपनि त्यो सबैलाई सहमति दिन आवश्यक रहेको उनले बताए। उनले नेपालमा व्यवसायीहरुले जुन ट्याक्सी ल्याउँछु भने पनि सबैलाई सहमति दिन आवश्यक रहेको उनको भनाइ छ। उनले एक जनालाई मात्रै मानोपोली गर्न दियो भने त्यसको लागत र मूल्य सबै माथि रहने बताए।

उनले विद्युतीय सवारी साधनहरुलाई पनि सडक अनुमति पत्र खुला गर्न आवश्यक रहेको बताए। सरकारले जुनसुकै ब्राण्डको ट्याक्सीहरुलाई पनि अनुमति दिने र  पेट्रोलबाट चल्ने ट्याक्सीलाई विद्युतमा प्रतिस्थापनको लागि केही सहुलियत दिन आवश्यक रहेको उनको भनाइ छ। निर्देशक घिसिङले नेपालमा १०० वटा सवारी साधन भित्रँदा ७० वटा विद्युतीय सवारी साधन मात्रै भिक्र्न थालेको बताए। उनले अहिलेसम्म १० देखि १५ हजार विद्युतीय सवारी साधन भित्रिएको बताए।

उनले भने,‘दशैँमा एकै दन प्राधिकरणले बनाएका चार्जिङ स्टेशनहरुमा २ हजार विद्युतीय सवारी साधनहरुले जाँच गरे। देशभरमा सबै चाजिङ स्टेशन सवारी साधनहरु भरीभराउ छन्।  नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनहरुको इन्ट्री भएको छ। नेपालमा १०० वटा सवारी साधन भित्र्दा ७० वटा विद्युतीय सवारी साधन मात्रै भिक्र्ने गरेको छ। अहिलेसम्म १० देखि १५ हजार विद्युतीय सवारी साधन भिक्रिएका छन्। अहिले हरेक रुटमा विद्युतीय सार्वजनिक माइक्रो बस चलेको छ। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भन्दा विद्युतीय सवारी साधनको लागत १५ गुणा सस्तो हुन्छ। अब बुझ्नेहरु कसैले पनि डिजेल पेट्रोलबाट चल्ने सवारी साधन किन्दैन। विद्युतीय सवारी साधन नै हो ६ खर्बको आयातलाई २० अर्बको विद्युत खपत ग¥यो भने पूर्णरुपमा आयात प्रतिस्थापन हुन्छ। ५ खर्बको डिजेल पेट्रोल आयातलाई बन्द गर्ने र ७ खर्बको निर्यात गर्ने हो भने नेपालको व्यापार घाटा शून्य हुन्छ। व्यापार घाटामा नेपाल पोजेटिभ तिर जान्छ। ठूलो ट्रान्सफरमेशन विद्युतबाट हुन्छ। इड्राइभ नेपालले गरेको काम ठूलो हो। जुन अहिले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चल्ने गरी सहमति दिने नीति लिएको छ। त्यो गलत छ। जति पनि ट्याक्सी आउँछ त्यो सबैलाई सहमति दिनुपर्छ। नेपालमा व्यवसायीहरुले जुन ट्याक्सी ल्याउँछु भन्नुहुन्छ त्यो सबैलाई सहमति दिनुपर्छ। एक जनालाई मात्रै मानोपोली गर्न दियो भने त्यसको लागत सबै माथि जान्छ। विद्युतीय सवारी साधनहरुलाई पनि सडक अनुमति पत्र खुला गरौं। जुन सुकै ब्राण्डको ट्याक्सीहरुलाई पनि अनुमति दिऔं। पेट्रोलबाट चल्ने ट्याक्सी प्रतिस्थापनको लागि केही सहुलियत दिनुपर्छ।’

प्रकाशित: २३ कार्तिक २०८० १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App