२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

भूकम्पबाट घाइते भएका पुनलाई लिएर काठमाडौं फर्किए राष्ट्रपति पौडेल

भूकम्प प्रभावित जिल्लाको भ्रमणमा आएका राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पबाट घाइते भएकालाई लिएर काठमाडौं फर्केका छन्।

राष्ट्रपति पौडेलले जिल्ला अस्पताल जाजरकोटमा उपचाररत भूकम्पबाट घाइते भएका वीरे पुनलाई लिएर काठमाडौं फर्किएका हुन्।

जाजरकोटको नलगाढ नगरपालिका(१ पाली घर भएका पुन सदरमुकाम भेरी नगरपालिका(३ मा होटल  ब्यवसाय गर्थे। भूकम्पले होटल र नजिकै रहेको उनको घर पनि भत्काएको छ। राष्ट्रपतिले थप उपचारका लागि काठमाडौं लिएर आएको छोरी ललिता पुनले बताइन्।

'जाजरकोट अस्पतालमा राष्ट्रपतिज्यू भेट्न आउनु भएको थियो, उहाँले नै काठमाडौंमा उपचार गर्दा चाँडो निको हुन्छ भन्नुभयो,' छोरी ललिताले भनिन्, 'राष्ट्रपतिज्यूले संगै सेनाको जहाजमा राखेर काठमाडौं लानुभयो।'

प्रकाशित: २१ कार्तिक २०८० ११:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App