१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

भूकम्पका घाइतेलाई भेट्न जाजरकोट अस्पताल पुगे राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पबाट घाइते भएकाहरुलाई भेट्न जाजरकोट अस्पताल पुगेका छन्।

शुक्रवार रातिको भूकम्पका कारण प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे बुझ्न सुर्खेत पुगेका राष्ट्रपति पौडेल जाजरकोट अस्पताल पुगेर घाइतेहरुलाई भेटेका हुन्।

पौडेलको बारेकोट गाउँपालिका–१ को रामीडाँडा, खलङगा, रूकुम पश्चिमको आठवीसबोट लगायत भूकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ।

राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि रहेका छन्।

 

प्रकाशित: २१ कार्तिक २०८० ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App