१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

जाजरकोट भूकम्पले ध्वस्त पार्‍यो ५५०७ घर

शुक्रवार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण ५ हजार ५ सय ७ घर पूर्ण रुपले क्षतिग्रस्त  भएका छन्।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको पछिल्लो जानकारी अनुसार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रवार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटसहित रुकुम पश्चिम, सल्यान, जुम्ला र दैलेखमा गरी५ हजार ५ सय ७ घर पूर्ण रुपले क्षतिग्रस्त भएका हुन्।  

भूकम्पका कारण सबैभन्दा धेरै जाजरकोटमा १ हजार १ सय ७०, रुकुम पश्चिममा ४ हजार २ सय ३६, सल्यानमा ९५, जुम्लामा ५ र दैलेखमा १ घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन्।

यस्तै रुकुम पश्चिममा ४ हजार ७ सय ६० घरमा सामान्य क्षति पुगेको छ भने सल्यानमा १ सय ७३ घरमा सामान्य क्षति पुगेको मन्त्रालयले जनाएको छ।

जिल्ला र पालिका अनुसार विस्तृत विवरणसहितः

प्रकाशित: २१ कार्तिक २०८० ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App