२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

रुकुम पश्चिममा भूकम्पमा परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ। शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।  

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार मृत्यु हुनेमा बर्दियाका दुई र रोल्पाका एकजना रहेका छन्। उनले मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेको बताए। उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो। त्यस्तै रुकुम पूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।

पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक थिए। रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरकासहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २० कार्तिक २०८० ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App