२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

डोटीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्। आइतबार राति २ः २८ बजे डोटीको शिखर नगरपालिका–६ अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको नागरिक न्युजलाई बताए। उनले घाइते ५ जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको र उनीहरू खतरामुक्त रहेको जानकारी दिए।  

उनका अनुसार मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ की २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी ८ महिनाकी छोरी प्रार्थना मलाल रहेका छन्।

घाइते हुनेमा हिमाली गाउँपालिका–५ का ३० वर्षीय प्रकास बुढथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीया विमला मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेका छन्।

बोलेरो चालक गौमुल गाउँपालिका–४ काडाकोटका २९ वर्षीय महेश बुढालाई भने प्रहरीले नियन्त्रणमा लिएको पनि प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

गाडी एक्कासी अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको बताइएको छ।

प्रकाशित: १९ कार्तिक २०८० ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App