२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

बाख्रा चराउन गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

फाइल तस्बिर

बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका–५ शक्तिपुरकी २८ वर्षिया सिर्जना भन्ने गायत्री डाँगीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको हो।

चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला उनलाई बाघले आक्रमण गरेको एसपी सुधिरराज शाहीले बताए।

‘सामुदायिक वनमा बाख्रा चराउन गएर बेपत्ता भएको दिउँसो साढे २ बजे खबर प्राप्त भयो’ एसपी शाहीले भने, ‘खबर प्राप्त हुने बित्तिकै खोजतलास सुरु गरिएको थियो।’ दिउँसो साढे ३ बजे महिलाको शव फेला परेको हो। पोस्टमार्टमको लागि अहिले महिलाको शव बर्दिया अस्पतालमा लगिएको एसपी शाहीले जनाए।

प्रकाशित: १७ कार्तिक २०८० ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App