५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मुगु हत्या प्रकरण: ‘परिवार वियोगमा रहेका दीपकको निन्द्रा र भोक गुम्यो’

मुगुको छाँयानाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा भएको सामूहिक हत्या प्रकरणमा आफ्ना परिवार गुमाएका दीपक बोहोराको रातको निन्द्रा र दिनको भोक गुमेको छ।

घटनको साता दिन बितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन। परिवार वियोगमा रहेका उनले दोषी पत्ता नलागेसम्म परिवारको शव नबुझ्ने अडान लिएका छन्। उनीसँगै पुरै गाउँ शोकमा छ।

श्रमका लागि कतारमा रहेका दीपक शनिबार बिहान नेपाल आइपुगेका थिए। उनी आएपछि मात्र मृतक परिवारको पोष्टमार्टम गरिएको थियो।

कार्तिक ८ गते सामूहिक हत्या प्रकरणमा २८ बर्षिया श्रीदेवी बोहोरा, सात महिने छोरा रहर बोहोरा, ८ बर्षिया छोरी अप्सरा बोहोरा र ११ वर्षीय छोरा मनोजको मृत्यु भएको थियो। उनीहरूको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो।

छाँयानाथ रारा नगरपालिका-६ का वडा अध्यक्ष खेम रावलका अनुसार मृतक परिवारका आफ्न्तजनहरले खान र सुत्न समेत सकेका छैनन्। प्रहरीले दोषीलाई छिटै कारबाहीको दायरामा ल्याउने अश्वाशन मात्र दिएको उनको गुनासो थियो। वडा अध्यक्ष रावल मृतक श्रीदेवीका काका समेत हुन्।

घटना भएको दुई दिन पछि मात्र प्रहरीले घटनाबारे थाहा पाएको थियो। कार्तिक ११ गते नेपालगंजबाट तालिम प्राप्त कुकुर र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट विशेष टोली समेत घटनास्थलमा खटाइएको थियो। तरपनि प्रगति अनुसन्धानमा देखिएको छैन।

यता प्रहरी स्थानीय समुदायबाट आवश्यक सहयोग नपाएको गुनासो गर्छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापा भन्छन् ‘हामी ढिलो चाँडो भएपनी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याएरै छाड्छाै। तर स्थानीय समुदायबाट प्रहरीलाई आवश्यक परेको सहयोग दिएको देखिँदैन।’

प्रकाशित: १५ कार्तिक २०८० १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App