१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पीडामा हुनुहुन्छ? ‘हरर फिल्म’ हेर्नुस्!

यस्ताे पनि!

द साइनिङ र द एक्जोर्सिस्टजस्ता डरलाग्दा ‘हरर फिल्म’ले तपाईंको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने विज्ञहरूको निष्कर्ष छ।

मनोविज्ञहरूको एउटा समूहले गरेको अध्ययनमा तनाव र पीडा कम गर्न यस्ता फिल्मले सघाउने देखिएको हो। यस्ता फिल्म हेर्दा हाम्रो मस्तिष्कले निकाल्ने इन्डोर्फिन र डोपामाइन जस्ता तत्वले पीडामा हुनेहरूको पीडा कम गर्न भूमिका खेल्ने देखिएको हो। इन्डोर्फिन र डोपामाइनलाई इनाम हर्मोन भनिन्छ। अचानकको पाइने पुरस्कार वा इनामले मस्तिष्कमा इन्डोर्फिन र डोपामाइन निस्कन्छ, जसले मानिसलाई खुसी बनाउँछ, पीडा बिर्साउँछ।

बेलायतको एडिनबर्गमा रहेको क्विन मार्गेट युनिभर्सिटीमा न्युरोसाइकोलजीकी प्राध्यापक डा. क्रिस्टिन नोल्सले डरलाग्दा फिल्महरू हेदा हाम्रो मसितष्कले निकाल्ने विभिन्न रसायनका कारण यस्तो हुनु स्वाभाविक नै भएको बताउँछिन्।

उनी भन्छिन्, ‘हाम्रो मस्तिष्कले खतरा आकलनका लागि विभिन्न मापनयन्त्र बनाएको हुन्छ। खतरनाक दृश्य देखिएका बेला सारा ध्यान तिनमा केन्द्रित हुँदा मस्तिष्कले पीडा सम्झाउने भन्दा अन्यत्रमा ध्यान केन्द्रित गर्ने हुँदा कम पीडा हुने वा पीडा नभएको अवस्थामा पुगिनु स्वाभाविक हो।’

युनिभर्सिटी अफ वेस्टमिनिस्टरले सन् २०१२ मा गरेको एउटा अध्ययनसँग पनि यो मेल खान्छ। त्यो बेला पीडामा भएका मानिसहरुलाई ९० मिनेटको डरलाग्दो हरर फिल्म देखाइयो। फिल्म नहेर्ने अर्को समूहलाई भने छोटो हिँडडुलका लागि निकालियो। यसो गर्दा फिल्म हेर्ने र हिँडडुल गर्नेहरुबीच बराबरी नै क्यालोरी खर्च भएको पाइयो।

उसो भए त्यस्ता डरलाग्दा फिल्महरू केके हुन् त? बेलायतबाट प्रकाशित हुने द डेली टेलिग्राफ पत्रिकाले त्यस्ता फिल्मको सूची समेत दिएको छ। जसमध्ये साह्रै डरलाग्दा फिल्महरूमा द साइन (१९८०) पहिलो नम्बरमा छ। यो फिल्म हेर्दा हरेक पटक १८४ क्यालोरी खर्च हुने बताइएको छ। द टेक्सस चेन्स म्यासाक्र (१९७४) हेर्दा १०७ क्यालोरी खर्च हुने गरेको छ। सन् १९७३ मा निर्माण भएको फिल्म द एक्जोर्सिस्ट हेर्दा १५८ क्यालोरी खर्च हुने गर्छ।  

प्रकाशित: १५ कार्तिक २०८० ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App