४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ढुंगाले हानेर छोराले गरे बुबाको हत्या

कैलालीको जानकी गाउँपालिकामा एक युवकले गएराति ढुंगाले हानेर आफ्नै बाबुको हत्या गरेका छन्।

जानकी गाउँपालिका वडा नम्बर ३ लायकपुरका २४ वर्षका गणेश चौधरीले आफ्नै बुवा ४५ वर्षका हिरासिंह चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ।डिएसपी विश्वराज अधिकारीका अनुसार मदिरा सेवन गरेका बुवासँग छोराको विवाद हुँदा घटना भएको हो।

‘आपसी विवाद भएका बेला ढुंगाले प्रहार गरेपछि बुवाको मृत्यु भएको देखिन्छ’ उनले भने, ‘घटनामा संलग्न छोरालाई राति नै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।’

उनले घटनामा संलग्न चौधरीलाई म्याद थपका लागि कैलाली जिल्ला अदालतमा पठाइएको बताए।

प्रकाशित: १२ कार्तिक २०८० ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App