७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

केवलकार बनेपछि मौलाकालिका मन्दिरमा भक्तजन बढे

गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा  भक्तजनको भीड लागेको छ। दशैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो।गत वर्षभन्दा यस वर्ष भक्तजनको सख्या ३३ प्रतिशले बढेको मौलाकालिका मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ। 

सप्तमी, अष्टमी र महानवमीको तीन दिनमा करिव ६० हजार भक्तजनले दर्शन गरेको मौलाकालिका अनुमगन तथा मुल्यांकन समितिका संयोजक काशिनाथ कंडेलले जानकारी दि । ‘मौलाकालिकामा स्थापना कालदेखि नै भक्तजनको आक्रषर्ण छ।

 गत बैशाख ०१ गते केवलकार बनेपछि भक्तजनको चाप बढेको छ,’ उनले भने ‘महानवमीको दिनमा आफ्नै घरमा पुजा गर्नेदिनमा कम आउने दिन हुँदा हुँदैपनि आजपनि मानिसहरु १५ हजारको हाराहारीमा आउनुभएको छ।’ कंडेलका अनुसार अघिल्ला बर्षको दशैँमा ४० हजारको हाराहारीमा भक्तजन मन्दिर दर्शन गर्न आउने गरेका थिए।

मन्दिरमा केवलकार, मोटरबाटो र गोरेटो बाटोबाट जान सकिन्छ । सडक मार्ग र केवलकार बनेपछि भक्तजनलाई आउन जान सहज भएको उनले बताए।धार्मिक सेवा समिति मौलालिकाले भक्तजनको भिड बढेपछि व्यवस्थापनलाई समेत विशेष बनाएको छ । अपाङ्ग, ज्येष्ठ नागरिकलाई दर्शनका लागि छुट्टै व्यवस्थापन गरेको धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाले जानकारी दिए। 

सुरक्षा समिति, आर्थिक समिति, व्यवस्थापन समिति लगायतका विभिन्न समिति निर्माण गरेर भक्तजनहरुको व्यवस्थापन गरिएको उनले बताए।  

करिब पाँच सय वर्ष पहिले तत्कालीन पाल्पा राज्यका सैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ।करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो । मौलाकालिका मन्दिरमा दर्शन र पूजा गर्नाले मानोकाङक्षा पूरा हुने जनविश्वास रहिआएको छ। 

मौलाकालिकामा सप्तमीको दिन फुलपाति भित्राइएको थियो। अष्टमीमा पञ्चवलि भित्र्याउने काम भएको र महानवमीको दिन विर्शजन कार्य भएको अध्यक्ष सापकोटाले जानकारी दिए।

त्यस बाहेक विभिन्न अनुष्ठाका काम दैनिक हुने गरेको उनले जानकारी दिए।उनको अनुभवमा अघिल्ला बर्षभन्दा मौलाकालिकामा भक्तजनहरुको बढी आउने गरेका छन्।पूर्वाधार निर्माण लगायतका कामहरु बढ्दै गएपछि भक्तजनको आक्रषण बढेको उनको भनाई छ।

प्रकाशित: ६ कार्तिक २०८० १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App