६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

धादिङ भू-कम्प: ३ घर पूर्ण रुपले क्षतिग्रस्त, तत्काल राहतका लागि सामग्री पठाइँदै (अपडेट)

धादिङमा गएको भू-कम्पमा १८ वटा घर–गोठमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतवार बिहान ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रविन्दु बनाएर गएको भू-कम्पमा १८ वटा घर–गोठमा क्षति पुगेको हो।

प्रहरीका अनुसार आइतवार ७ः ३० बजे ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रविन्दु बनाएर ६.१ म्याग्नेच्युडको भू-कम्प गएको थियो। जसको प्रारम्भिक विवरण अनुसार ३ घर पूर्ण रुपमा क्षति भएको छ भने १५ घर–गोठमा आंशिक क्षति पुगेको र एक ठाउँमा सुक्खा पहिरो गएको छ।  

प्रहरीका अनुसार ज्वालामुखि गा.पा.५ कुमलटारी बस्ने वर्ष ५२ का भक्कि कुमालको कच्चि घरको पछाडि भागको भित्ता भत्किएको छ। सोही ठाउँका वर्ष ३६ का रमेश कुमालको बाँस र माटोले बनेको कच्चीघरको पछाडिको भित्ता भत्किएको छ। त्यसैगरी सोही ठाउँका वर्ष ५० को पुन्टे कुमालको भित्ता चर्किएको, खाना पकाउने चिम्नि बाङ्गिएको छ भने ज्वालामुखि ५ कुमालटारी बस्ने वर्ष ४५ को प्रताप कुमालको ढुङ्गा माटोले बनेको कच्चि घरको चिम्नी बांङगिएको र भित्ता चर्केको छ।  

यस्तै चैनपुरवेशी बस्ने वर्ष ७३ का दल बहादुर दनईको खाना पकाउने चिम्नी खसेको छ, सोही गाउँपालिका वडा नं.१ माझीटार बस्ने मंगलसिंह माझीको गोठ भत्किदा १ वटा खसीको खुट्टा भाँच्चिएको छ। बुङकोटघाट सिम्ले स्थितमा बालुवा भएको स्थानमा पहिरो गएको छ। बर्ष ६० को कृष्ण बहादुर कुमालको ढुङ्गामाटोले बनेको २ तले घरको भित्रि गाह्रो भत्किएको छ।

प्रहरीका अनुसार वर्ष ५१ कि सरस्वती लामिछानेको ब्लकले बनेको बाख्राको खोरको गाह्रो भत्किएको छ, सोही ठाउँका ४५ को भुवन बहादुर भुजेलको ढुङ्गामाटोले बनेको टिनको छानो

भएको २ तले घरको दुबै पट्टिको गाह्रो भत्किएको छ। वर्ष ३५ का तोप बहादुर भुजेलको ढुङ्गामाटोले बनेको टिनको छानो भएको २ तले घरको दुबै पट्टिको गाह्रो भत्किएको छ। माझिटार बस्ने वर्ष ४५ को मंगल सिन माझिको ढुङ्गामाटोले बनेको टिनको छानो भएको २ तले घर बायाँ पट्टिको गाह्रो भत्किएको छ।

७० वर्षका बिष्णु कुमार श्रेष्ठको ढुङ्गामाटोले बनेको टिनको छानो भएको घर चर्केको छ, ६० वर्षका काग्रेश कुमालको ढुङ्गामाटोले बनेको टिनको छानो भएको घर चर्केको छ, वर्ष ७५ कि बसमायाँ लामाको ढुङ्गामाटोले बनेको भुई तले घरको गाह्रो भत्किएको छ, वर्ष ४३ को मुक्ती लामाको भन्सारको गाह्रो चर्केको छ। यस्तै ४४ वर्षका धुर्ब श्रेष्ठको पक्कि २ तले घरको भित्ता चर्किएको छ भने ४० वर्षका प्रकाश अधिकारीको गोठ भत्किएको प्रहरीले जनाएको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार पूर्ण रुपमा क्षति भएका परिवार अहिले आफन्तको सर्दैछन् भने प्रभावितलाई तत्काल राहतका लागि टेन्ट लगायतका सामग्री पठाउन लागेको नागरिक न्युजलाई बताए।

उनले तत्कालै राहतका लागि आवश्यक पर्ने टेन्ट लगायतका सामग्री स्थानीय सरकारसँगको समन्वयमा पठाउन लागिएको भन्दै भूकम्पमा कुनैपनि मानवीय क्षति नभएको जानकारी दिए।  

प्रकाशित: ५ कार्तिक २०८० ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App