धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भूकम्पले ठाउँठाउँमा पहिरो गएको र रुख ढलेको भन्ने जानकारी आएको बताएका छन्।
गैह्रेले मानवीय तथा भौतिक क्षतिबारे भने कुनै जानकारी नआएको बताए।
उनले नागरिक न्यूजसंग भने, 'ठाउँठाउँमा पहिरो गएको र रुख ढलेको भन्ने जानकारी आएको छ। तर क्षतिको विवरण भने आएको छैन। हामी बुझ्ने प्रयास गरिरहेका छौँ। प्रहरीको टोली पठाएका छौं। उहाँहरु पुगेपछि केहि जानकारी आउला।'
आइतबार बिहान ७ः३९ बजे धादिङ, ज्वालामुखी गाउँपालिका(५ केन्द्रविन्दु गरी भूकम्प गएको छ।
प्रकाशित: ५ कार्तिक २०८० ०३:४४ आइतबार