१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

डोटीमा जिप दुर्घटना ६ जना घाइते

शुक्रबार दिउँसो साढे १ बजे सायल गाउँपालिकाबाट सदरमुकाम सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप सिलगढी नजिक दुर्घटना हुँदा ६ जना घाइते भएका छन।गम्भीर घाइते एक जनालाई थप उपचारका लागी धनगढी रेफर गरिएको जिल्ला अस्पताल डोटीका डाक्टर समिक सिंह बताए।  

०००

दसैं आयो, नुन आएन

देशभर दसैंको उल्लास छाइरहँदा डोल्पाका नागरिक भने नुन अभावको समस्या भोग्दछ ।    गत आर्थिक वर्षको संचिति नुन सकिएको र चालू आर्थिक वर्षको नुन जिल्लामा ढिलो पुगेकाले अभाव भएको प्रदेश साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख प्रकाश धामीले जानकारी दिए ।  

०००

राजधानीका नाममा तीन वर्षदेखी रोक्का जग्गा फुकुवा

स्थायी राजधानी घोषणासँगै तीन वर्षदेखी रोक्का प्रदेश सरकारले राजधानी तोकिएको क्षेत्र दाङको राप्ती गाउँपालिकाका नौ वटै वडा, गढवा गाउँपालिकाका १, २ र ३ नम्बर वडा र अर्घाखाँचीको शीतगंगा नगरपालिकाका ८ र ९ नम्बर वडाको जग्गा रोक्का फिता गरेको छ ।   प्रदेश मन्त्रीपरिषदको बैठक फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।  

०००

गण्डकीमा ४ लाख १२ हजार कृषक

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार १ लाख ७३ हजार हेक्टर जमिनमा प्रदेशभर चारलाख बाह्र हजार कृषक परिवार रहेका छ । प्रदेशमा ६५.९ प्रतिशत जनसंख्याको आम्दानीको मूल श्रोत कृषि रहदाँ कृषिबाटै वर्षभरी खान पुग्ने कृषक परिवारको संख्या जम्मा ३५ प्रतिशत रहेको प्रदेश तथ्याङ्क कार्यालय संयोजक बद्री काकीले बताए ।  

०००

सवारीमा टाइमकार्ड प्रणाली लागु

चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि हेटौंडा भरतपुर सडक खण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरद्वारा टाइमकार्ड प्रणाली लागु गरिएको छ ।      चुरियामाई–हेटौंडा बसपार्क, मनहरी हुँदै चितवन जाने सार्वजनिक सवारीमा अनिवार्य टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख वसन्त आचार्यले बताए ।  

०००

प्रकाशित: ३ कार्तिक २०८० १४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App