३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बडादसैँको चौथो दिन: कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल चुतर्थीबाट सुरु हुने बडादसैँ अर्थात् नवरात्रको चौथो दिन आज माता दुर्गाको चौथो रुप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।  

अध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले उनको नाम कुष्माण्डा पर्न गएको धार्मिक विश्वास छ।  

कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ।  

कुष्माण्डा देवीको पूजा आराधनाका लागि भक्तजनहरूको बिहानैदेखि देशभरका विभिन्न शक्तिपिठमा भिड लागेको छ।

प्रकाशित: १ कार्तिक २०८० ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App