२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सामाजिक सञ्जालमा प्रकाशन र प्रसारण हुने विज्ञापनका यस्ता छन् नियम (भिडियो सहित)

सामाजिक सञ्जाल एक्स, फेसबुक, भाइबर, युट्युब, इन्स्ट्राग्राम, टिकटक लगायत सबै किसिमका प्लेटफर्मको प्रयोग गर्दा बिचबिचमा विज्ञापन आएको त देख्नु भएकै होला।

ती माध्यममा विज्ञापन देखेकै कारण कतिपय मानिसले सेवा तथा वस्तुको खरिद बिक्री गरेको अनुभव पनि छ होला। यसकै माध्यमबाट कतिपयले स्वरोजगारको मौका समेत पाएका छन् भने व्यस्त मान्छेहरूले घरमै सेवा तथा वस्तुको उपभोग पनि पाएका छन्।

कुनै व्यक्तिले सामाजिक सञ्जाल मार्फत प्रवर्द्धन वा बिक्री वितरण गर्न वा त्यस्तो वस्तु वा सेवाको प्रचारप्रसार गर्दाको अवस्था बारे के तपाईँ जानकार हुनुहुन्छ ? सामाजिक सञ्जाल मार्फत वस्तु तथा सेवाको बिक्री वितरण वा प्रचारप्रसार गर्दा ध्यान पुर्‍याउनु पर्ने अवस्था के के हुन्रु नेपालमा यसको कानुनी पाटो वा कानुनले निर्धारण गरेका सीमाहरूबारे के तपाईँलाई थाहा छ ?

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ‘विज्ञापन (नियमन गर्ने) ऐन, २०६७’ ले यसको कानुनी दायराको बारे व्याख्या गरेको छ। वस्तु वा सेवाको बजार प्रवर्द्धन वा बिक्री, वितरण गर्न वा त्यस्तो वस्तु वा सेवाको प्रचारप्रसारको लागि गरिने विज्ञापन तथा तत्सम्बन्धी व्यवसायलाई नियमन गर्ने उद्देश्यले यो ऐन बनाएको हो।

कुनै व्यक्तिले सामाजिक सञ्जाल मार्फत कुनै उत्पादन वा सेवाको प्रवर्द्धनात्मक गतिविधिसँगै यसबारे खुलाउनु पर्ने अन्य जानकारी बारे सचेत रहनुपर्छ।

विज्ञापन (नियमन) ऐन २०६७ र यसका नियमहरूले विभिन्न प्रकारका मिडिया मार्फत गरिने विज्ञापन र प्रवर्द्धनात्मक गतिविधिहरूलाई नियन्त्रित गर्दछ। कानुनले सामाजिक मिडिया प्लेटफर्महरू र इन्टरनेटका अन्य प्लेटफर्महरूमा प्रचार सामग्रीको विज्ञापन गर्दा सोसल मिडिया प्रयोगकर्ताहरूले पालना गर्नुपर्ने निश्चित मापदण्ड अनिवार्य गरेको छ।

ऐनको धारा ९ मा यसरी प्रसारण गरेको विज्ञापनमा विज्ञापनकर्ताको नाम, ठेगाना तथा चेतावनीमूलक सन्देश उल्लेख गर्नुपर्ने बताएको छ। धारा ९ (१) ले विज्ञापनमा जसको तर्फबाट विज्ञापन गरिने हो त्यस्तो व्यक्तिको नाम, ठेगाना स्पष्ट रूपले उल्लेख हुनुपर्ने अनिवार्य सर्त कायम गरेको छ।

यस्तै, धारा ९ कै (२) मा विज्ञापन गरिएको वस्तु वा सेवाको प्रयोग गर्दा हुनसक्ने असर वा अवलम्बन गर्नुपर्ने सचेतनाको विषयमा विज्ञापनमा उपयुक्त तवरले चेतावनीमूलक सन्देश समेत उल्लेख गर्नु बताएको छ।

सर्त पालना नगरे ‘विज्ञापन (नियमन गर्ने) ऐन, २०६७’ले नै सजायको पाटो पनि तोकेको छ। प्रचारात्मक सामग्रीमा माथि तोकिएका सर्तहरू पालना नगरेको पाइए प्रकाशकलाई एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ।

प्रकाशित: ३० आश्विन २०८० १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App