१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अक्रेडिटेशन प्यानलको उपाध्यक्षमा उपसचिव नरेश शर्मा

एडप्टेशन फण्ड बोर्ड अन्तर्गतको प्रमाणीकरण (अक्रेडिटेशन) प्यानलको उपाध्यक्षमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा चुनिएका छन्।  

अक्टोबर १० देखि १३ मा जर्मनीको बोनमा सम्पन्न बैठकबाट शर्मा अक्रेडिटेशनको उपाध्यक्षमा चुनिएका हुन्।

यसअघि शर्मा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिअन्तर्गतको अनुकूलन कोषको सदस्यमा चयन भएका थिए।  

उनी अति कम विकसित राष्ट्रको समूह (एलडिसिज ग्रुप) का तर्फबाट अनुकूलन कोषको बोर्ड सदस्यमा छनोट भएका हुन्। शर्मा दुई वर्ष अर्थात् सन् २०२३ देखि २०२४ सम्मका लागि सो पदमा रहने छन्।

बोर्ड सदस्य रहेका शर्माले अक्रेडिटेशन प्यानलको उपाध्यक्ष भएपछि नेपालका जलवायु विषय, मुद्दा र जलवायु वित्तलगायतका विषयबाट नेपाललाई सहयोग पुर्याउन ध्यान केन्द्रित गर्ने बताए।  

लामो समयसम्म जलवायु परिवतर्नको क्षेत्रमा काम गरेका शर्माले नापा (स्थानीय अनुकुलनको कार्यक्रम) निमार्ण लगायतमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।  

प्रकाशित: ३० आश्विन २०८० ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App