१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथि पाण्डे बढुवा सिफारिस

नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथि ताराध्वज पाण्डेलाई रथि पदका लागि बढुवा सिफारिस गरिएको छ।  

रथि सरोजप्रताप राणा अनिवार्य अवकाशका लागि विदामा बसेपछि सैनिक मुख्यालयले उपरथि पाण्डेलाई रथी पद बढुवाका लागि सिफारिस गरेको हो। पाण्डे रथीमा बढुवा सिफारिस भएसंगै उनी हालका प्रधानसेनापति प्रभुराम शर्मापछि प्रधानसेनापति बन्ने लाइनमा पुगेका छन्।  

नेपाली सेनाले जारी गरेको बढुवा सिफारिससम्बन्धी ७ दिने सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको तीन तारे जर्नेल (रथी) मा बढुवा सिफारिसको लागि उनलाई सिफारिस गरिएको उल्लेख छ।  

सेनाको दोस्रो नम्बरमा रहेका बलाधिकृतरथी सरोजप्रताप राणा आइतबार विदामा बसेका हुन्। सेनामा राणासंगै अर्का रथी सिताराम खड्कापनि उमेर हदका कारण आगामी पुस ३ मा अवकासमा जांदैछन्।

प्रकाशित: ३० आश्विन २०८० ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App