३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बडादसैँः आज माता दुर्गाको तेस्रो रुपको पूजा गरिँदै

बडादसैँको तेस्रो दिन आज माता दुर्गाको तेस्रो रुपको पूजाआराधना गरिँदैछ। आज दुर्गा माताको चन्द्रघण्टा रुपको विधिवत पूजा आराधना गरी मनाइँदैछ।  

दसैँको घटस्थापनादेखि नवमीसम्म माता दूर्गाका नौवटा स्वरुपहरूको पूजा गर्ने गरिन्छ।  

चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने गरिन्छ।  

नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यी देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको धार्मिक विश्वास रहेको छ।

दसैँ सुरु भएदेखि नै देशभरका विभिन्न शक्तिपिठहरूमा भक्तजनहरूको बिहानैदेखि भिड लाग्ने गरेको छ।

प्रकाशित: ३० आश्विन २०८० ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App