१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

इजरायलमा रहेका सुरज विमान कुर्दै

इजरायलमा फसेका नेपाली विद्यार्थी सुरज भण्डारी विमान कुरेर बसिरहेका छन्।  

नेपाल सरकारले इजरायलमा फसेका नेपालीहरूको उद्धारका लागि विमान पठाएपछि त्यहाँ रहेका सुरजले स्वदेश फर्कन विमानस्थल पुगिसकेको बताएका छन्।  

आफ्नो फेसबुक पेजमा उनले करब एक घन्टा अघि तस्बिरसहित लेखेका छन्, 'हामी भर्खरै तेल-अवीव एयरपोर्टमा पुगिसकेको छौं, नेपाल एयरलाइन्सको प्लेन कुर्दै १११

त्रिभुवन विश्वविद्यालयका साथीहरुको पनि पर्खाइमा ।।।'

उनी मात्रै होइन उनी जस्तै अन्य नेपाली विद्यार्थी पनि विमान कुरिरहेका छन्।  

इजरायलमा फसेका नेपालीहरूको उद्धारका लागि आज बिहान मात्रै परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली इजरायलका लागि प्रस्थान गरेको हो।  

नेपाल एयरलाइन्सको वाइडवडी विमानमा मन्त्री साउदसहितको टोली त्यसतर्फ गएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०८० ०५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App